काठमाडौं । नेकपा एमाले निकट ‘राष्ट्रिय युवा संघ’ नेपालका केन्द्रीय सदस्य जगत लामाले ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका छन्।
काठमाडौं महानगरपालिका-६, बौद्ध निवासी दिलिप लामा शेर्पाले आफू र परिवारको जीउधनको सुरक्षाका लागि प्रशासनसमक्ष निवेदन दर्ता गराएका हुन्।
शेर्पाले दर्ता गराएको निवदेनमा लामाले निरन्तर धम्की र दबाब दिइरहेकाले भय र त्रासमा बाँच्न बाध्य भएको उल्लेख छ । धम्कीका कारण असुरक्षा महसुस भइरहेको उल्लेख गर्दै पीडित शेर्पाले सम्भावित अप्रिय घटनाबाट जोगिन प्रशासनको साहारा लिनु परेको बताएका छन्।।
निवेदनअनुसार यही पुस २२ गते बेलुकी करिब ८ बजेदेखि शेर्पाको बा.२०च.७१८ नम्बरको खरानी रङको निजी स्कर्पियो गाडी जगत लामाले नियन्त्रणमा लिएको र हालसम्म गाडीको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ।
१८ नम्बरको खरानी रङको निजी स्कर्पियो गाडी जगत लामाले नियन्त्रणमा लिएको र हालसम्म गाडीको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको निवेदनमा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न माग गरिएको छ।
