आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा गोरखामा एक ब्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गोरखास्थित पालुङटार नगरपालिका-३ बोगटीगाउँ निवासी शंकर सुनारलाई आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ।

कुटपिटबाट गम्भीर घाइते भएकी अनुष्काको उपचारका क्रममा मृत्यु भएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।