केएमसी बास्केटबल आइतबारदेखि सुरु हुने

दियोपोस्ट संवाददाता  

काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जानकारी गराए ।

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२-१२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने बताईको छ । सिनियर÷जुनियर ब्वाइजलाई ४ तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले प्रतिभावान खेलाडीको पहिचान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

केएमसीका निर्देशक एसोसिएट प्रोफेसर डा.मनोजकुमार थापाले प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताए । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप एकेडेमी र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइने छ ।

 

सिफारिस