जेन-जी नेता सुदन गुरुङद्वारा गोरखा-१ बाट उम्मेदवारी घोषणा

दियोपोस्ट संवाददाता  

गोरखा । जेन-जी आन्दोलनका नेता सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात” गर्ने बताएका छन्।

गुरुङले सामाजिक संजाल फेसबुकमा मार्फत लेखेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।”

उनको घोषणापछि गोरखाको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

गोरखा क्षेत्र नम्बर १ परम्परागत रूपमा ठूला राजनीतिक दलहरूको बलियो प्रभाव रहेको निर्वाचन क्षेत्र हो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाई विजयी भएका थिए। आगामी निर्वाचनमा पनि कांग्रेसले सोही क्षेत्रबाट प्रभावशाली उम्मेदवार अघि सार्ने सम्भावना छ।

त्यसैगरी नेकपा एमाले तथा माओवादी केन्द्र लगायतका दलहरू पनि गठबन्धन वा एकल रूपमा प्रतिस्पर्धामा उत्रिन सक्ने आँकलन गरिएको छ। यस्तो अवस्थामा सुदन गुरुङले स्थापित दलका अनुभवी नेताहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।

सिफारिस