काठडमौं: गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय शब्द सर्जक सुरेन्द्र बि।क। स्मृतिको नयाँ लोक देउडा गीत ‘मेरी कान्छी साली’ सार्वजनिक भएको छ।
केही फरक शैलीमा तयार गरिएको उक्त गीतमा स्मृतिले सालीसँगको काल्पनिक मायालाई सांगितिक शब्दमार्फत सृजनात्मक ढंगले प्रस्तुत गरेका छन्। परम्परागत देउडा स्वादमा आधुनिक भाव मिसाएर तयार गरिएको यो गीतले श्रोतामाझ चासो बढाएको छ।
संगिता बडुवाल र सुर्य विरही साउदको स्वर रहेको उक्त गीतमा ग्रुप स्वरमा भने राजेन्द्र बाजुराली, सागर बाजुराली, कल्पना मल्ल र निरुता खत्रीको स्वर रहेको छ ।
सुर्य विरही साउदको संगीत रहेको यो गीतमा एरेञ्जर भने चर्चित संगीतकर्मी बिनोद बाजुरालीले गरेका छन् । मिक्सिङ खड्क बाजुरालीले गरेका हुन्।
उक्त गीतको म्यूजिक भिडियोमा रमेश बिजुली बिसी र रस्मिका मल्लको अभिनय देख्न सकिन्छ। साथै कलापती ताम्राकार, बिमला बि.क., निशान परियार ९पाण्डे० र सरोज रोकायाको पनि अभिनय रहेको छ।
रमेश बिजुली बिसीले निर्देशन गरेको भिडियो छायांकन तथा सम्पादन भने गणेश साउदले गरेका हुन् । भिडियो चौतारी म्युजिक प्रा.लि.को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।