काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उद्घाटन समारोह राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ। उद्घाटन समारोहमा पार्टीका शीर्ष नेतृत्वसहित विभिन्न नेताहरूले सम्बोधन गरिरहेका छन्।
समारोहमा नेपाली कांग्रेसका , वरिष्ठ नेता, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर बिशेष महाधिवेशन उद्घाटन समारोहमा सहभागी छन् । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् ।
केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय समेत महाधिवेशनमा सहभागागी भएका छन् ।
चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी सहभागी छन् । त्यस्तै, पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि सहभागी छन् ।
केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी भने उपस्थित छैनन् ।
बिशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा धारणा राखेका छन्।
महाधिवेशनलाई नेपाली कांग्रेसको भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। उद्घाटन समारोहमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ।
महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्र तथा विभिन्न एजेन्डामाथि छलफल हुने कार्यक्रम रहेको छ।