कांग्रेस विशेष महाधिवेशनः उद्घाटन सत्र सम्पन्न, बन्दसत्र सोमबार बिहान ८ बजेदेखि 

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत सोमबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुनेछ ।

विशेष महाधिवेशन आयोजकका अनुसार बन्द सत्रमा नीति तथा नेतृत्व सुधार, २३र२४ का घटनाहरूको समीक्षा, संरचनागत सुधार एवं विधान संशोधन, बाह्य नीति, गठबन्धन र चुनाव रणनीतिबारेमा छलफल हुनेछ ।

पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए । आजदेखि सुरु भएको महाधिवेशनमा लगभग ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।

देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरूले बिहानैदेखि नाम दर्ता गराइरहेका छन् । बन्द सत्रपछि महाधिवेशनले छलफलबाट निस्केका प्रस्तावहरूलाई आधिकारिक प्रस्तावको रूपमा पारित गरिने बताइएको छ ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र ठूलो मतभेद देखिएको छ । महाधिवेशनका आयोजक पक्ष (गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व)ले महाधिवेशन पार्टीलाई फुटाउन होइन, बलियो बनाउन लगिएको हो भनी बारम्बार स्पष्ट पार्दै आएका छन् ।

 

सिफारिस