काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु हुँदैछ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा महाधिवेशन स्थलमा पुगिसकेका छन्।
आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि आज दोस्रो दिन बन्द सत्रका कार्यक्रम अघि बढाइएको हो। बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ।
बन्द सत्रमा पार्टीको विधान संशोधन, संगठनात्मक संरचना, समसामयिक राजनीतिक प्रस्ताव तथा आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ।
भृकुटीमण्डप परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल प्रहरी र स्वयंसेवकहरू परिचालन गरी प्रवेश व्यवस्थापन गरिएको छ।
नेपाली कांग्रेसले यो विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक सुदृढीकरण र राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण मान्दै आएको छ।
बन्द सत्रबाट पारित हुने प्रस्तावहरूले पार्टीको आगामी रणनीतिमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।