काठमाडौँ । बैतडीको पाटन नगरपालिका-८, साँडीघाटीमा सोमबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका-६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप सोमबार बिहान साढे १० बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, मृतकहरूको सनाखत हुन बाँकी छ ।
स्थानीय सुरक्षा निकाय र उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार उद्धार तथा अनुसन्धान भइरहेको छ ।