काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलिसम्मका लागि स्थगित गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल नसकिएकाले मंगलबार पूनः छलफल गर्ने गरि आजका लागि स्थगित भएको हो ।
महाधिवेशनमा पार्टीभित्र नेतृत्व, नीति, रणनीति, संगठनात्मक सुधार, नीति तथा नेतृत्व परिवर्तन सम्बन्धी बिषयमा मंगलबारको बन्द सत्रमा औपचारिक छलफल गरिने बताइएको छ ।
यो विशेष महाधिवेशन नेपाली कांग्रेसको इतिहासमा दोस्रोपटक आयोजना हुँदैछ र पार्टीभित्र नेतृत्व, नीति तथा भविष्यको रणनीति सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिनुपर्ने विषयलाई केन्द्रमा राखिएको छ ।