काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्र्तगत प्रतिनिधिहरूको हस्ताक्षर र नाम दर्ताको प्रक्रिया आइतबारदेखि चलिरहेको छ । महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर ७० प्रतिशत पुर्याउने लक्ष्यका नाम दर्तार हस्ताक्षर जारी राखिएको हो ।
आयोजक पक्षका अनुसार आइतबारसम्म कुल ४,७४३ प्रतिनिधि मध्ये २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता र हस्ताक्षर गरिसकेको छन् ।
यद्यपी, महाधिवेशन आयोजक समितिका सदस्यहरुले अहिलेसम्म ६५.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता र हस्ताक्षर गरेको दाबी गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरुको ७० प्रतिशत हस्ताक्षर गर्ने लक्ष्यका मंगलबासम्म पनि नाम दर्ता र हस्ताक्षर जारी राखिने बताइएको छ । मंगलबारदेखि हस्ताक्षरसहित नेतृत्व चयन प्रक्रिया पनि सुरु गरिने तयारीसमेत भएको एक केन्द्रिय नेताले जानकारी दिए ।
