नेकपाका २ हजार ४९९ केन्द्रीय सदस्यले लिए शपथ

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २ हजार ४९९ जना केन्द्रीय कमिटी सदस्यहरुले आज शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा उनीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीका वरिष्ठ सदस्य नन्दकुमार प्रसाईबाट शपथ लिएका थिए । त्यसपछि संयोजक दाहालले बाँकी सदस्यहरुलाई शपथ गराएका थिए ।

विभिन्न १७ वाम घटकहरु मिलेर बनेको नेकपाले केन्द्रीय कमिटीलाई औपचारिक रूपमा सक्रिय गर्ने तथा आगामी विशेष महाधिवेशनको तयारीलाई गति प्रदान गर्ने लक्ष्य लिएको छ ।

सिफारिस