कैलालीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले १३ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त ६ जनालाई जिवित रहेसम्म आजीवन जन्मकैद र बाँकीलाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला अदालत कैलालीका अनुसार मुख्य आरोपी नवीन रावल, आर्यन देवकोटा, रोशनबहादुर शाही, अनुज (चिरञ्जीवी शाही), रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाईको छ ।।

हत्यामा संलग्न भएका मदन शाही, हेमन्त शाही, धिरज (दीपेन्द्र शाही), निशान्त मल्ल, शोहन शाह, लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई जन्म कैदको फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ ।

अदालतले ७ जनालाई पूर्ण रूपमा सफाइ दिएको छ भने फरार प्रतिवादी लोकजंग शाहीको मुद्दा मुल्तबी गरिएको बताइएके छ ।

साथै अदालतले दोषी ठहर भएका व्यक्तिहरूलाई पीडित परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

भूपेन्द्र बडुवालको हत्या २०७८ साल कात्तिक २३ गते धारिलो हतियार प्रहारबाट भएको थियो।