काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद तीब्र बन्दै गर्दा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई कारबाही गर्ने निर्णय गरेको छ। समितिले उनीहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
नेता मीन बिश्वकर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय सुनाउँदै बिगत केही दिन देखि पार्टी एकताका लागि वार्ता भइरहेको र वार्ताका सबै प्रयास विफल भएको जानकरी दिए । नेता बिश्वकर्माले पार्टी अनुशासन बिपरित कार्य गर्दै आएकाले तीन नेतालाई कारवाही गर्नु परेको बताए ।
पार्टीभित्रको विवादलाई लिएर वरिष्ठ नेता सुनिल कुमार शर्माले कारबाही गरेर पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास अस्वीकार्य हुने धारणा सार्वजनिक गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।
विशेष महाधिवेशनको गतिविधि र केन्द्रीय समितिद्वारा कारबाहीको निर्णयले कांग्रेसभित्र भविष्यमा विभाजनको सम्भावना बढाएको राजनीतिक विश्लेषकहरूले स्थानिय सञ्चार माध्यममार्फत बताएका छन्। आगामी निर्वाचन तथा पार्टी एकताको पृष्ठभूमिमा यी घटनाक्रमका राजनीतिक प्रभावहरूबारे विस्तृत विश्लेषण आवश्यक हुने देखिन्छ।