काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन कुमार थापा सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । आइबारदेखि जारी विशेष महाधिवेशनले बुधबार राती थापालाई सर्वसम्मत सभापतिमा चयन गरेको हो।
यससंगै उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल, महामन्त्री पदमा गुरुराज घिमिरे र प्रदीप पौडेल, सहमहामन्त्री पदमा उदय शम्शेर राना (खस-आर्य), प्रकाश रसाइली ‘स्नेही’ (दलित), मुक्ताकुमारी यादव (मधेशी),
डिला संग्रौला (महिला), फारमुल्लाह मन्सूर (मुस्लिम), योगेन्द्र चौधरी (थारु), कर्णबहादुर बुढा (छडिएको क्षेत्र) र बहादुर सिंह लामा (जनजाति)बाट विजयी भएका छन् ।
त्यस्तै, बिशेष माहधिवेशनबाट कुल १२१ नेता केन्द्रीय सदस्य पदमा सर्वसम्मत चयन भएका छन् ।
यससंगै नेपाली कांग्रेस औपचारिक रुपमा बिभाजित भएको छ । पार्टी भित्रैको वैधानिकता र पार्टी विभाजन सम्बन्धी विवाद नै कांग्रेसको मुल मुद्धा बनेको छ ।
गगन थापा र उनका समर्थकहरूले कम्तीमा ५४-६० प्रतिशत प्रतिनीधिको हस्ताक्षर सहित महाधिवेशन मार्फत नेतृत्व चुनेको दाबी गरेका छन् । उनीहरूले महाधिवेशनको निर्णयलाई पार्टी विधान र राजनीतिक दल ऐन अन्तर्गत मान्यता दिनुपर्ने बताएका छन् ।
यद्यपी, नव निर्वाचित सभापति थापाले यस नेतृत्वले पार्टीलाई ‘नयाँ पुस्ताको नेतृत्व’ दिने र कांग्रेसलाई एकताबद्ध बनाउने घोषणा पनि गरेका छन् ।
तर पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यो महाधिवेशनलाई वैधानिक नभएको र त्यसले पार्टी विभाजनतर्फ धकेलेको बताएका छन् ।
केन्द्रीय कार्यसमितिले थापा, शर्मा र सहमहामन्त्री फारमुल्लाह मन्सूरलाई पार्टी सदस्यता पाँच वर्षका लागि निलम्बन गर्ने निर्णय पनि गरेको छ । जसले पार्टीभित्र वैधानिकता विरोधलाई बढाएको छ ।
विशेष महाधिवेशनलाई मान्यता दिने/नदिनेबारे निर्वाचन आयोग र सम्भवतः सर्वोच्च अदालतमा चुनौती आउनसक्ने संकेत विश्लेषकहरूले दिएका छन् ।
विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई केही पक्षले पार्टीको आधिकारिक नेतृत्वको रूपमा दावी गरिरहेको छ, भने अर्का पक्षले केन्द्रीय समिति र विधान प्रक्रिया विपरीत भएको बताएर अस्वीकार गरेको छ ।
विशेष महाधिवेशनको निर्णय र प्रभावलाई पार्टीको आधिकारिकता र निर्वाचन आयोगद्वारा मान्यता दिने/नदिने बारे न्यायिक प्रक्रिया र राजनीतिक समाधान अब मुख्य टर्निङ पोइन्ट बनेको छ ।