गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसको अधिकारिक वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाइएको छ। बुधवार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा तीनै पदाधिकारीलाई पाँच वर्षसम्मका लागि कारवाही गरिएपछि वेवसाइटबाट उनीहरुको नाम हटाइएको हो ।

पार्टीका संस्थापन पक्षले सांवैधानिक विधान तथा अनुशासन उल्लंघनका आधारमा यस्तो निर्णय गरिएको बताएको छ । उनीहरूलाई पार्टीको नियम विपरीत विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन प्रयास गरेको आरोप लगाइएको छ ।

यद्यपि विवादित महाधिवेशनका समर्थकहरू भने केन्द्रीय कार्यसमितिको निर्णयलाई अवैध घोषणा गर्दै, उनीहरूको निष्कासन खारेज गरिएको बताएका छन्।