काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिनका लागि राजीनामा बुझाएका हुन् ।
प्रहरी महानिरीक्षक पाण्डेले चुनाव लड्ने तयारी गरेको छन् महागरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्ले बताए । काफ्लेका अनुसार पाण्डेले मेयर बालेन्द्र शाहको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटै चुनाव लड्ने योजनामा छन्।
पाण्डेको राजीनामा स्वीकृत हुन बाँकी रहेको बताइएको छ ।