तीन राष्ट्रिय सभा सदस्यले दिए पदबाट राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन्। उनीहरूले सोमबार राष्ट्रिय सभाका अध्यक्षसमक्ष लिखित राजीनामा बुझाएका हुन्।

आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउने तयारीको कारणले उनीहरूले राजीनामा दिएको बताइएको छ।

नारायणकाजी श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टीबाट सर्लाही-३ क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन् भने वामदेव गौतम बर्दिया-१ क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा भाग लिन लागेका छन्।

भगवती न्यौपाने तनहुँ-१ क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्।

सिफारिस