मेयर पदबाट राजीनामा दिएपछि बालेन पुगे रास्वपा कार्यालय, वरिष्ठ नेताको जिम्मेवारी ग्रहण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो पदबाट राजीनामा दिएपछि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगेका छन्। राजीनामा दिएलगत्तै उनी पार्टी कार्यालय पुगेर वरिष्ठ नेताको जिम्मेवारी ग्रहण गरेका हुन्।

महानगर स्रोतका अनुसार शाहले आजै औपचारिक रूपमा मेयर पदबाट राजीनामा दिएका हुन्। राजीनामापछि उनी सिधै रास्वपाको केन्द्रीय कार्यालय पुगेका थिए, जहाँ पार्टीका शीर्ष नेताहरू तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका थिए।

पार्टी कार्यालयमा पुगेपछि शाहले पार्टी नेतृत्वसँग छलफल गरेका छन्। छलफलमा समसामयिक राजनीति, आगामी कार्यक्रम तथा पार्टीको भावी रणनीतिबारे कुराकानी भएको बताइएको छ। रास्वपा स्रोतका अनुसार उनी पार्टीको आन्तरिक बैठकमा पनि सहभागी भएका थिए।

साह पार्टी कार्यालयमा केही समय बसेर नेतृत्वसँग छलफल गरेपछि बाहिरिएका थिए।

मेयर पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेपछि बालेन्द्र शाहको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। उनको यो कदमलाई आगामी राजनीतिक गतिविधि र सम्भावित निर्वाचनसँग जोडेर पनि हेरिएको छ।

सिफारिस