उपमेयर सुनिता डंगोल काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुखमा नियुक्त

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले महानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरको पद रिक्त भएपछि डंगोल कार्यबाहक प्रमुख बनेकी हुन ।

ऐनअनुसार मेयर पद रिक्त भएपछि स्वतः उपमेयर कार्यवाहक प्रमुख बन्ने कानुनी व्यवस्था छ।

मेयर बालेन शाहले आज दिउँसो लिखित रूपमा उपमेयर डंगोलसमक्ष राजीनामा बुझाएका थिए ।

सिफारिस