काठमाडौँ । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न मेयर पदबाट राजीनामा दिएका छन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका आइतबार पदबाट राजिनामा दिएका हुन् ।
संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।
उनले केही समययता ‘श्रम संस्कृति पार्टी’को नेतृत्व गरिरहेका छन्। साम्पाङले पार्टीलाई निर्वाचन आयोगमार्फत दर्ता गराइसकेका छन् र सुनसरी–१ बाट उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्।
उनी माटोको ढिस्को’ चिन्हबाट चुनाव लड्दैछन् । साम्पाङले देशभरका अन्य नेताहरूसँगको तुलनामा आफू देशलाई सुधार गर्न सक्षम र योग्य उम्मेदवार भएको दावी गरेका छन्।
धरानबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दै उनी राष्ट्रिय राजनीतिमा प्रवेश गर्न लागेका हर्का साम्पाङको कदमले आगामी चुनावलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।