धादिङ-२ बाट राम बहादुर भण्डारी बने ‘नेकपा’को उम्मेदवार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले धादिङ क्षेत्र नं २ बाट राम बहादुर भण्डारीलाई उम्मेद्वार बनाएको छ । नेकपाले उनलाई आगामी प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्ष तर्फ उम्मेद्वार बनाएको हो ।

बिकास र परिवर्तनप्रेमी नेताका रुपमा चिनिदै आएका भण्डारी भण्डारी धादिङ जिल्लामा निकै प्रभावशाली नेताका रुपमा परिचित छन् । स्थानीय समस्या, विकास र जनअधिकारका मुद्दामा सधैं जनताको पक्षमा उभिँदै आएका भण्डारीको उम्मेद्वारीलाई निकै महत्वका साथ हेरिएको छ ।

 

सिफारिस