पूर्व माओवादी नेता बाबुराम भट्टराई र लेखनाथ न्यौपाने गोरखा‑२ बाट सिफारिस

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा‑२ क्षेत्रबाट डा. बाबुराम भट्टराई र लेखनाथ न्यौपाने उम्मेदवार बनेका छन्। भट्टराईलाई स्थानीय कार्यकर्ताले पुनः चुनावी मैदानमा ल्याउन दबाब बढाएपछि प्रगतिशील लोकतान्त्रिक पार्टीले उनलाई गोरखा‑२ बाट उम्मेदवार घोषणा गरेको हो।

भट्टराई यसअघि पनि सोही क्षेत्रमा निर्वाचित भइसकेका नेता हुन्। अर्कोतर्फ, लेखनाथ न्यौपानेलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सोही निर्वाचन क्षेत्रमा टिकट दिएको छ। न्यौपाने विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन सुरु गरेका पुराना माओवादी नेता ।

गोरखा‑२ क्षेत्र राजनीतिक रूपमा संवेदनशील र महत्वपूर्ण मानिन्छ। यहाँको निर्वाचनले क्षेत्रीय राजनीतिक समीकरणमा असर पार्ने विश्लेषकहरूको अनुमान छ। यसपालि दुई जना पूर्व माओवादी नेता भट्टराई र न्यौपाने बीच कडा प्रतिस्पर्धा देखिन्छ ।

 

सिफारिस