काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन्।
सोमबार सार्वजनिक बिदा भएकाले उनको राजीनामा स्वीकृत भइनसकेको स्रोतको भनाई छ । प्रधानमन्त्री कार्कीले वर्तमान अन्तरिम सरकारले राजनीतिक दलसँग सम्बन्धित तथा चुनावी गतिविधिमा संलग्न मन्त्रीहरूलाई आफ्नो जिम्मेवारी छोडेर चुनावी तयारीमा लाग्न सुझाव तथा निर्देशन दिएको बताइन्छ।
बब्लु गुप्ता भिजिट भिसामा अमेरिका जाने विषयमा विवाद बढेको थियो । यस विषयमा प्रधानमन्त्री सुशीला कार्की समेत असन्तुष्ट थिइन् ।
त्यतिमात्रै होइन, बब्लु गुप्ता यसअघि बिभिन्न राजनीतिक गतिविधिमा सक्रिय देखिएका थिए । राजनीतिक दलका कार्यक्रम तथा बैठकहरूमा भाग लिएको भन्दै प्रधानमन्त्री कार्कीले चासो देखाएकी थिइन् ।
यद्यपी, हालसम्म गुप्ताले प्रत्यक्ष रूपमा चुनावी उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छैनन् ।