राजीनामा पछि बब्लु गुप्ता जनकपुरमा आयोजित रास्वपाको सभामा सहभागी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिई रास्वपाले जनकपुरमा आयोजना गरेको सभामा सहभागी भएका छन्। आज जनकपुरमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष’ सभामा पार्टीका शीर्ष नेता रवि लामिछाने र बालेन्द्र साहसहित गुप्ता पनि सहभागी भएका हुन् ।

कार्यक्रम बिहान शहीद सालिकमा माल्यार्पण र जानकी मन्दिरमा पूजा-अर्चना गरी सुरु भएको थियो। गुप्ता पनि बालेन्द्र शाहसँगै शहीद सालिकमा सहभागी भएका थिए ।