सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।

उनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन् ।

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर-२ क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने बताइएको छ ।
उनले राजीनामा पत्रमा दलीय राजनीति मार्फत जनतासँग जोडिनुपर्ने आवश्यकता तथा आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन यो निर्णय लिएको उल्लेख गरेका छन् ।

खरेल यसअघि सरकारका प्रवक्ता समेत थिए र प्रधानमन्त्रीको नेतृत्वमा सञ्चार मन्त्रालय सम्हाल्दै आएका थिए ।

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुद मन्त्री बब्लु गुप्ताले पनि चुनावी तयारीका कारण राजीनामा दिएका थिए ।