शिक्षामन्त्री महावीर पुनले दिए पदबाट राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। मन्त्री पूनले मंगलबार राजिनामा दिएका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले राजनीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । पुनले आफ्ना व्यक्तिगत गतिविधि तथा अभियानलाई अगाडि लैजानको लागि राजीनामा दिएको बताएका छन्।

पुनले सरकारी जिम्मेवारीलाई त्याग्दै स्वतन्त्र अभियानमा लाग्न राजिनामा दिने निर्णय गरेका हुन्। पुनले आफ्ना अभियान र नवप्रवर्तन सम्बन्धी काममा पूर्ण रूपमा केन्द्रित हुन राजीनामा दिएको उल्लेख गरेका छन्।

पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए। पुनसहित राजीनामा दिने मन्त्रीहरुको संख्या ४ पुगेको छ । यसअघि उर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, संचार मन्त्री जगदिश खरेलले समेत राजीनामा दिइसकेका छन् ।

सिफारिस