काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ताले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।
गुप्ताले आज निर्वाचन आयोग पुगेर आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गर्ने जानकारी दिएका छन् । उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासमुखी राजनीतिका लागि चुनावी मैदानमा उत्रिन लागेको बताएका छन् ।
उनले भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्दै नयाँ सोँच र नयाँ नेतृत्व स्थापित गर्नु आफ्नो साझा लक्ष्य रहेको उल्लेख गरेका छन् ।