काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१, गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले आज सो क्षेत्रमा थापालाई आफ्नो आधिकारिक उम्मेदवारका रुपमा प्रस्ताव गरेको छ।
यसअघि काठमाडौं-४ बाट लगातार तीन पटक चुनाव जितेका उनले आगामी चुनावमा मधेशलाई रोजेका छन् । थापाले प्रतिनिधि सभा चुनावमा काठमाडौँ क्षेत्र छोड्दै सर्लाही-४ क्षेत्रलाई अवसरका रूपमा लिएर चुनावी प्रतिस्पर्धा गर्ने बताइएको छ ।
थापा केही समयदेखि सर्लाही-४ क्षेत्रमा आएर मतदातासँग संवाद र भेटघाट गर्दै आएका थिए ।