काठमाडौँ। फ्लाईफिनिक्सले आफ्नो औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ। बागबजारमा नयाँ सञ्चालनमा आउन लागेको उक्त शैक्षिक परामर्श संस्थाले माघ ९ गते हुने उद्घाटन कार्यक्रमअघि माघ ८ गते बिहान बागबजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्न लागेको हो। ‘नयाँ सुरुवात, सफा सुरुवात’ भन्ने नाराका साथ आयोजना गरिने उक्त कार्यक्रम बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक (सीइओ) विजय विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसार, संस्थाले आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुअघि समुदायप्रतिको जिम्मेवारी वहन गर्दै कार्यक्षेत्रलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्य राखेको छ। ‘हामी चाहन्छौँ, हाम्रो यात्रा मात्र होइन, हाम्रो समुदाय पनि सधैँ सफा र सुन्दर रहोस्। विद्यार्थीहरूलाई वैदेशिक शिक्षाका लागि मार्गदर्शन दिने हाम्रो मुख्य उद्देश्य रहे पनि समाजका लागि केही सकारात्मक कार्य गरेर यात्रा सुरु गर्न लागेका हौँ,’ उनले भने।
संस्थाको नयाँ कार्यालयको समुद्घाटन भने आगामी शुक्रबार (माघ ९ गते) दिउँसो १२ बजे बागबजारमा हुने तय भएको छ। फ्लाईफिनिक्सले उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै यूके, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका प्रमुख गन्तव्य मुलुकहरूका लागि विशेष परामर्श सेवा प्रदान गर्नेछ। अनुभवी परामर्शदाताहरूबाट गुणस्तरीय सेवा, सही डकुमेन्टेसन र भिसा प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।