काठमाडौं । नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
गृहमन्त्री शर्माले यससँगै उनले गृह मन्त्रालयको नियमित जिम्मेवारीसँगै सरकारको निर्णय, नीति तथा कार्यक्रमबारे सार्वजनिक रूपमा धारणा राख्ने भूमिका निर्वाह गर्ने भएका छन्।
सरकारको प्रवक्ता परिवर्तनसँगै सरकारका गतिविधि, निर्णय र समसामयिक विषयमा जानकारी प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। गृहमन्त्री शर्माले प्रवक्ताको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सम्हालिँदै आएको थियो। नयाँ निर्णयसँगै प्रवक्ताको भूमिका गृह मन्त्रालयसँग जोडिएको छ।