काठमाडौँ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० बाट उम्मेदवारी दर्ता गरेकी सुमित्रा बस्नेत को उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोगले बिहीबार उजुरीका आधारमा जाँचबुझ गर्दा बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूची (ब्ल्याकलिष्ट) मा परेको पाइएकोले उनको उम्मेद्वारी खारेज गरिएको हो ।
निर्वाचन अधिकृत अमृताकुमारी शर्माले उक्त उजुरी प्रमाणित भएपछि मितेरी पार्टी को तर्फबाट उम्मेद्वार बनेकी बस्नेतको उम्मेदवारी खारेज गरिएको जानकारी दिइन् । सोही जाँचअन्तर्गत कैलाली-१ बाट उम्मेदवार रहेका रेशम चौधरी को उम्मेदवारी पनि खारेज भइसकेको छ ।
निर्वाचन आयोगले देशभर ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत कार्यालयबाट उम्मेदवारी दर्ता भएका उम्मेदवारहरूको नामावली प्रकाशित गरिसकेको छ । आयोगले माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजे सम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन पाउने र दिउँसो १ बजे देखि ३ बजे सम्म अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ ।
आजै दिउँसो ४ बजे देखि साँझ ७ बजे सम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी खारेजपछि निर्वाचन क्षेत्र-१० मा प्रतिस्पर्धा कसको बीच हुने भन्ने विषयमा अब थप उम्मेदवारहरूको प्रेरणा र रणनीति परिवर्तन हुने अपेक्षा गरिएको छ । उम्मेद्वारी खारेजको निर्णयले स्थानीय निर्वाचन आकांक्षी र मतदाताबीच विविध प्रतिक्रिया देखिएको छ ।