काठमाडौँ। क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालय धादिङका मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार आशिकाले सुरुमा उम्मेदवारी फिर्ता लिने चर्चा भए पनि पछि कार्यालयमै उपस्थित भएर उम्मेदवारी कायम राख्ने निर्णय जानकारी गराएकी थिइन्।
मुख्य निर्वाचन अधिकृत अधिकारीले भने, “आशिका जि ले पहिले उम्मेद्वारी फिर्ता लिने कुरा भएको थियो। तर उहाँले कार्यालयमै आएर फिर्ता नलिने भन्नु भयो। अन्तिम नामावलीमा उहाँको नाम प्रकाशित भएको छ।”
यससँगै आशिकाको नाम क्षेत्र नम्बर १ को अन्तिम उम्मेदवार नामावलीमा समावेश भएको निर्वाचन कार्यालयले जनाएको छ।