
Compressed by jpeg-recompress
काठमाडौँ । निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिएर उम्मेदवारी फिर्ता लिन सकिने बताएको छ।
उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। अन्तिम नामावली सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया अर्को चरणमा प्रवेश गर्नेछ।
अहिलेसम्म ४९ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि उम्मेदवारमाथि परेका उजुरीहरूको जाँच तथा छानबिन सम्पन्न भइसकेको र सोही आधारमा योग्य उम्मेदवारलाई अन्तिम सूचीमा समावेश गरिने बताइएको छ।