
Compressed by jpeg-recompress
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये उम्मेदवारी फिर्ता लिनेहरूको नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभरका ४९ निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
सार्वजनिक विवरणअनुसार उम्मेदवारी फिर्ता लिनेहरूमा स्वतन्त्र उम्मेदवारसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू रहेका छन्। उम्मेदवारी फिर्ताको कारणमा व्यक्तिगत कारण, राजनीतिक सहमति, पार्टीको निर्णय, उम्मेदवारी प्रक्रियागत त्रुटि तथा समान विचारधाराका उम्मेदवारलाई समर्थन गर्ने निर्णय उल्लेख गरिएको छ।
धनकुटा, मोरङ, सुनसरी, झापा, सिराहा, महोत्तरी, बारा, पर्सा, चितवन, गोरखा, स्याङ्जा, पाल्पा, रूपन्देही, दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लाका निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिइएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने तोकिएको म्यादभित्र प्राप्त निवेदनका आधारमा नामावली सार्वजनिक गरिएको हो। अब उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएसँगै आयोगले अन्तिम उम्मेदवारको सूची प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ।
उम्मेद्वारी फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेद्वारको संख्या बढी रहेको आयोगले जनाएको छ ।
