काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट दर्ता भएका ४९ जना उम्मेदवारले ‘आफूलाई उम्मेदवारी दिन इच्छा नभएको’ कारण लेखेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
निर्वाचन आयोगले तोकिएको अन्तिम म्यादभित्र प्राप्त निवेदन तथा कारणलाई आधार मानेर सार्वजनिक गरेको सूचीनुसार सबै उम्मेदवारले ‘इच्छा नभएको’ कारण उल्लेख गरेका छन् । जसले आगामी निर्वाचन प्रक्रियामा राजनीतिक समीकरण र रणनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
आयोगका अनुसार उम्मेदवारहरूमध्ये केहीले व्यक्तिगत ईच्छा नहुनु, परिवारिक र व्यक्तिगत जिम्मेवारी, स्वास्थ्य समस्या, चुनावी तयारीको अवस्था नपुगेको, समान विचारधाराका अन्य उम्मेदवारलाई समर्थन गर्ने इच्छा, तथा राजनीतिक सहमतिका कारण आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तर सबैले निवेदनमा एकै शब्दमा “ईच्छा नभएको” नै मुख्य कारण उल्लेख गरेका छन् ।
हाल उम्मेदवारी फिर्ता प्रक्रिया सकिएको छ । अब आयोगले बाँकी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने निर्वाचन चिह्नको बाँडफाँड छिटै तय हुनेछ ।