एमाले ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्षसहित ३८ जना नेता कार्यकर्ता नेकपामा प्रवेश

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा एमालेका ओखलढुङ्गा जिल्ला कमिटी अध्यक्षसहित ३८ जना नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि नेकपामा समाहित हुने घोषणा गरेका हुन्।

नेकपामा प्रवेश गर्नेहरुमा एमाले ओखलढुङ्गाका जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वाल सहित ३८ जना छन् । उनीहरुले स्वेच्छाचारी नेतृत्वबिरुद्ध सामुहिक राजीनामा दिएको बताएका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई नेकपाका संयोजक पुषपकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।

कार्यक्रममा समाहित हुने नेताहरूले अघि नेकपा एमाले मा रहेका कम्युनिष्ट आन्दोलनका साझा मूल्यमान्यता र लक्ष्यलाई प्राथमिकता दिने र वर्तमान राजनीतिक अवस्था तथा देशमा कम्युनिष्ट विचारधारालाई मजबुत बनाउने उदेश्यले यो निर्णय लिएको बताए।

 

 

सम्बन्धित खबर

सिफारिस