राष्ट्रिय सभाका १७ सिटका लागि आज निर्वाचन हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय सभाका रिक्त १९ मध्ये १७ सिटका लागि आज मा मतदान हुँदैछ । आगामी फागुन २० गते पदावधि सकिन लागेकाले सिटका लागि मात्रै मतदान हुन लागेको हो ।

राष्ट्रिय सभाका १९ मध्ये एक सिटमा कांग्रेसका सुनील बहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने अर्को एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत सदस्य रहने व्यवस्था छ ।

मतदान बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म निर्धारण गरिएको छ । निर्वाचन आयोगले सातै प्रदेशमा निर्दिष्ट मतदान केन्द्रहरूमा समुचित तयारी पुरा भएको जनाएको छ ।

मतदान प्रक्रिया अन्तर्गत प्रदेशसभा सदस्य, नगरपालिका तथा गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलगायत स्थानीय तहका प्रतिनिधिहरूले मात्र मताधिकार प्रयोग गर्दैछन् ।

राष्ट्रिय सभामा तीन वर्षे अवधि अनुसार एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ । यसअन्तर्गत फागुन २० बाट पदावधि सक्ने १९ सदस्यका लागि निर्वाचन तथा मनोनयन प्रक्रिया आज हुन लागेको हो ।

निर्वाचन आयोगले मतगणना आजै सुरु हुने जानकारी दिएको छ । निर्वाचनअघि कांग्रेस र एमालेले केही क्षेत्रमा तालमेल गरेका थिए ।

सिफारिस