विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र टीका लगाएर औपचारिक रूपमा स्वागत गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले अग्रवाल लगयत नयाँ सदस्यलाई स्वागत गर्दै पार्टीलाई देशको विकास, शान्ति र सुशासनतर्फ अग्रसर बनाउने उद्देश्य रहेको बताएका छन् ।

ओलीले अग्रवालजस्ता नयाँ प्रवेश गर्नेहरूलाई देशप्रतिको प्रतिबद्धता भएको विश्वास व्यक्त गर्दै एमालेलाई “एक राष्ट्रिय तथा समृद्ध पार्टी” को रूपमा अघि बढाउने बताए ।

अग्रवालमाथि नेपाल धितोपत्र बोर्डले अध्ययन गरी झुटा कारोबार र मूल्य प्रभावित गर्ने गतिविधि का बारेमा अनुसन्धान अघि बढाएको थियो । यस्तै, सीआईबीले अग्रवाललाई यसै विषयमा पक्राउ गरि जमानीमा रिहा भएका थिए ।

सिफारिस