चुनावको मुखमै कुलमानलाई अर्को झड्का, १५ नेताले छाडे उज्यालो नेपाल पार्टी

दियोपोस्ट संवाददाता  

काठमाडौं । उज्यालो नेपाल पार्टीका १५ जना नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्ने नेताहरूमा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन्।

विज्ञप्तिमा नेताहरूले पार्टीभित्र पछिल्लो समय देखिएको वैचारिक अस्पष्टता, निर्णय प्रक्रियामा सहभागिताको कमी तथा संगठनात्मक असन्तुष्टिका कारण पार्टी परित्याग गर्नुपरेको उल्लेख गरेका छन्। उनीहरूले नागरिक सरोकार र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राख्दै आगामी राजनीतिक गतिविधि तय गर्ने बताएका छन्।

पार्टी परित्याग गरेपछि उनीहरू कुन राजनीतिक धार वा दलमा आबद्ध हुने भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी गराएका छैन् ।

उज्यालो नेपाल पार्टीभित्र पछिल्लो समय नेतृत्व, कार्यदिशा र सम्भावित राजनीतिक समायोजनका विषयमा मतभेद बढ्दै गएको थियो। यसैबीच एकै पटक १५ नेताले पार्टी छाडेपछि पार्टीको संगठन र भविष्यबारे प्रश्न उठ्न थालेको छ ।

 

सिफारिस