चुरे भावर पार्टी नेकपामा समाहित

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र चुरे भावर पार्टीबीच एकता भएको छ । दुवै पक्षबीच मंगलबार चार बुँदे सहमति पत्र मा हस्ताक्षर गरिएसँगै चुरे भावर पार्टी औपचारिक रूपमा नेकपामा समाहित भएको हो ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता सुरक्षा, सुसासन सुनिश्चित र सामाजिक–आर्थिक रुपान्तरण लाई अघि बढाउने प्रतिबद्धता उल्लेख गरिएको छ।

आगामी आम निर्वाचनलाई दृष्टिगत गर्दै वाम–कम्युनिस्ट गठबन्धनलाई मजबुत बनाउन यो एकता महत्त्वपूर्ण हुने अनुमान गरिएको छ।