सामाजिक सञ्जालमा अपहेलना र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा युवराज सफल पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । सामाजिक अभियन्ता बताउने युवराज पौडेल (सफल)लाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको छ । सामाजिक संजाल र मिडियामा तथ्यहीन अभिव्यक्ति फैलाएको र अपशब्द प्रयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार युवराज सफलले सामाजिक सञ्जाल तथा अन्य मिडियामा महान्यायाधिवक्ता सबिता भण्डारी र सो कार्यालयबिरुद्ध गलत, अपमानजनक तथा भ्रम फैलाउने खालका भिडियो तथा अभिव्यक्ति गरेको उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयले उजुरी दिएपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उक्त घटनालाई लिएर प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको तथा आगामी अनुसन्धान तथा कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस