काठमाडौँमा बिहानदेखि हल्का वर्षा, यस्तो छ देशभरको मौसम

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशका धेरै भू-भागमा मौसम बदली भएको हो।

आज दिनभर आकाश सामान्यदेखि पूर्ण बदली रही मौसम चिसो रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश र तराईका भू-भागमा भने आंशिक बदली रहने र केही स्थानमा छिटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा र बदलीका कारण पहाडी क्षेत्रमा सडक चिप्लिने, यात्रा प्रभावित हुने तथा उच्च भू–भागमा चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम प्रणालीको प्रभाव आगामी २४ घण्टासम्म कायमै रहने अनुमान गरिएको छ।

सिफारिस