काठमाडौँ । भारतस्थित महाराष्ट्रका उपमुख्यमन्त्री तथा वरिष्ठ नेता अजित पवार आज बिहान भएको विमान दुर्घटनामा मृत्यु भएको छ । पुनेस्थित बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर बुधबार बिहान दुर्घटना हुँदा घाइते भएका पवारको उपचारमा क्रममा मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान अवतरणको क्रममा रनवेबाट बाहिरिएको वा असन्तुलन भएपछि दुर्घटना भएको देखिएको छ। उद्धार कार्य तुरुन्तै सुरु भए तापनि उपमुख्यमन्त्री पवारसहित विमानमा रहेका अन्य पाँच जनाको पनि मृत्यु भएको बताइएको छ ।
विमानमा पवारसहित पाइलट, चालक दलका सदस्य र सुरक्षा सहयोगी गरि ६ जना यात्रु रहेका र ति सबैको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उपमुख्यमन्त्री अजित पवार राष्ट्रवादी काँग्रेस पार्टीका प्रभावशाली नेता तथा महाराष्ट्रको अर्थ र योजना मन्त्री पनि रहेका छन्।