माओवादी नेता चिरञ्जीवी ढकाल नेकपामा प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का वरिष्ठ नेता तथा आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–६ बाट प्रत्यक्ष उम्मेदवारी समेत दिएका चिरञ्जीवी ढकालले माओवादी छाडेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बुधबार राजधानीको पेरिसडाँडामा आयोजित एक कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढकाललाई स्वागत गर्दै पार्टी सदस्यता ग्रहण गराएका हुन् ।

ढकालसँगै विप्लव माओवादीका अखिल (समाजवादी)का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसी र करिब आठ जना केन्द्रीय सदस्य समेत नेकपामा प्रवेश गरेका समाचार स्रोतले जनाएका छन् ।

ढकाल विप्लव समूहभित्रका विश्वासपात्र नेताहरु मध्ये एक थिए ।

सिफारिस