आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक जितराज गिरी आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। कक्षा ७ मा पढ्ने १३ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप गिरी पक्राउ परेका हुन् ।

पीडित पक्षको उजुरीका आधारमा गिरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिए । घटनाबारे थप विवरण सङ्कलन तथा कानुनी प्रक्रिया पूरा गर्न प्रहरीले अनुसन्धान जारी राखेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति संवेदनशील रहेकाले पीडितको पहिचान गोप्य राखी बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकतामा राखेर अनुसन्धान भइरहेको छ। हाल आरोपितलाई आवश्यक कानुनी म्याद थप गरी अनुसन्धान अगाडि बढाइने तयारी भइरहेको छ।

घटनासम्बन्धी थप विवरण, प्रहरीको औपचारिक विज्ञप्ति तथा अदालतको आदेशअनुसार सार्वजनिक गरिने जनाइएको छ।

सिफारिस