दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ३८ जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दाङबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार लु.प्र.०२-००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गतको घुमाउने नजिक दुर्घटना भएको हो।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि प्रहरी, स्थानीयबासी तथा उद्धारकर्मीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो।

घाइतेहरूलाई उपचारका लागि भरतपुर र मुग्लिन क्षेत्रका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम रहे पनि अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।

 

सिफारिस