प्रधानमन्त्री सुशिला कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको सहिद स्मारक, लैनचौर पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्मारकमा स्थापित सहिदहरूको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै ज्ञात तथा अज्ञात सहिदहरूप्रति सम्मान व्यक्त गरेकी हुन्।

सो अवसरमा प्रधानमन्त्रीसँगै सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री कार्कीले सहिदहरूको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनीहरूको सपना साकार पार्नु आजको पुस्ताको दायित्व भएको बताइन्। सहिदहरूको त्याग र समर्पण सधैँ प्रेरणाको स्रोत रहने उनको भनाइ थियो।

हरेक वर्ष माघ १६ गते मनाइने सहिद दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरी सहिदहरूको सम्झना गरिन्छ।

सिफारिस