सिराहामा गोली चल्यो, एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिरहा नगरपालिका-१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनको मृत्यु भएको हो ।

घटना लगत्तै यादवलाई अस्पताल लैजाने प्रयास भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । आफ्नै भएको थियो । घटना आज दिउँसो भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले घटनाका प्रत्यक्षदर्शीहरुलाई बयान संकलन गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ। घटनाले सिराहा क्षेत्रका स्थानीयबासीमा चिन्ता र आक्रोश फैलिएको छ। स्थानियले सुरक्षा व्यवस्थामा सुधार र दोषीलाई छिटो पत्ता लगाउन आग्रह गरेका छन्।

प्रहरीले समुदायसँग सहकार्य गर्दै तथ्य पत्ता लगाउने काम जारी राखेको बताएको छ।

सिफारिस