रुसमा शक्तिशाली वम विस्फोटः चौध जनाको मृत्यु, २७ जना वेपत्ता

दियो पोस्ट  

मस्को, १८ पुस । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी भवनमा शक्तिशाली बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् ।

पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ ।

सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाृ सो व्यक्तिहरुमा एक बालकसमेत रहेका छन् । सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवासिय भवनमा क्षति नभएको पनि जानकारी सरकारी स्रोतले दिएको छ ।
करिब ११ सय व्यक्तिको बसोवास रहेको यस आवासिय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ ।

यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरु ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ । यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौको सङ्ख्यामा व्यक्तिहरु घरवारबिहीन भएका छन् ।
––